जापानको तल्लो सदन द्वारा टिपिपि बिल पास

जापान । जापानको विशेष प्रतिनिधि सम्मिलित सदनका प्रतिनिधिहरुले डाईटको तल्लो सदनले शुक्रवार ट्रान्स प्यासिफिक पार्टनरसिप (TPP) मुक्त व्यापार सम्झौता सम्बन्धी विल पास गरेको छ ।

टिपिपि बिल संगै व्यापार संग सम्बन्धित अन्य साहायक विलहरु पनि सदनले पास गरेको छ ।

टिपिपि कमिटिको बैठकमा प्रस्ताव गरिएको बिल सत्ताधारी लिवरल डेमोक्रेटिक पार्टी र त्यसको साझेदार दल कोमितो र निप्पोन इशीन नो काईको सहयोगमा पारित भएको हो ।

सत्ताधारी क्याम्पका प्रतिनिधिहरुले पारित गरिएको सो बिल तल्लो सदनले मंगलवार प्लेनरी सेसनमा पठाउने विश्वास लिएका छन् ।

जहाँ बिलको प्रस्तावको पक्ष र विपक्षमा अन्य सांसदहरुले आफ्नो अभिमत जाहेर गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?