जापानमा काम गर्दा हुने अत्याधिक तनावबाट बच्ने उपायहरु

जापान । जापानमा अनगिन्ति व्यावसायमा सहभागी व्यक्तिहरुको जीवनमा तनाव हुनु सामान्य कुरा भईसकेको छ । जापानमा तनावसँग बेला बखत ‘फेस’ नगरेको शायद नै कुनै व्याक्ति होला । ठूला, साना, धनी, गरिब, महिला, पुरुष जो कोहीलाई पनि तनावको समस्याले यदा-कदा सताउने गर्दछ ।

तनावले गर्दा झिंझो लाग्नु, रिस उठ्नु, निन्द्रा नलाग्नु, भोक कम लाग्नु, कुनै काममा मन नलाग्नु आदि जस्ता लक्षणहरु शुरुमा देखिन्छ। विस्तारै यसले मानसिक एवं शारीरिक कुनैरोगको रुपमा परिणत भई समस्याको रुपमा देखा पर्छ ।

हाम्रो जीवनमा तनावका क्षणहरु यदा-कदा आउने गर्दछन् । जस्तै, विद्यार्थीलाई पढाईको तनाव, व्यापारीलाई व्यपारको तनाव, कर्मचारीलाई कामको तनाव, परिवारको तनाव , नेतालाई चुनावको तनाव, विवाह हुनुपूर्व जीवन साथी तथा आफ्नो संम्बन्ध र भबिष्यको चिन्ता, प्रेमि-प्रेमिकाबीच एकले अर्को पक्षलाई पिडा, दु:ख, चोट पुर्याउने वा गुमाउने चिन्ता, भविश्यमा सुरक्षित काम, स्वास्थ्य तथा शान्तिपूर्ण जिवनयापन गर्न पाउने-नपाउने चिन्ता आदि ।

तनावका कारण जापानमा आत्महत्या गर्नेहरुको संख्यामा बढिरहेको यथार्थ पनि हाम्रो माझमा छ । पछिल्लो वर्षको भएको आत्महत्याको कारण मध्य १० प्रतिशत आफ्नो कामको समयमा भएको तनावका कारण देखिएको थियो ।

तनाव जापानको मुख्य समस्या जस्तो भैसकेको यथार्थलाई जापानीहरुले स्वीकार गर्न सक्नुपर्छ साथै त्यसलाई कसरि रोकथाम गर्न सकिन्छ त भन्ने कुराको बारेमा पनि छलफल गर्न अत्यावश्यक नै भईसकेको छ ।
जापानमा रहेका विदेशी तथा स्वदेशी कामदार तथा कर्मचारीहरुले आफ्नो जीवनमा तनाव कम गर्न निम्न उपायहरु अबलम्बन गर्न सक्नेछन् ।
1) तपाईलाई तनाव दिने विषय पत्ता लगाउनुहोस्
कहिले काँही जापानमा मानिसहरु सामान्य कारणले पनि तनावमा जीवन जिउन बाध्य भैरहेका हुन्छन् । आफुले बसिरहेको स्थान छोडेर अन्यत्र जाँदा या काम गरिरहेको स्थान परिवर्तन गर्दा पनि तनाव भैरहेको हुन्छ ।
त्यसैले आफुलाई तनाव भएको थाहा हुने तर तनाव के कारणले भैरहेको थाहा नहुने हुँदा त्यसबाट बच्न नसक्ने स्थिति पैदा भएको हुन्छ ।
कहिले अत्याधिक काम गर्दा पनि तनाव भैरहेको हुन्छ । त्यसकारण आफुलाई तनाव दिने विषयको बारेमा थाहा पाउँदा तनाव कम गर्न सजिलो हुन्छ ।
2) तनावका कारक तत्वहरुलाई कम गर्नुहोस्
तपाईलाई तनाव दिने तत्वहरुमा कहिले तपाईका आफ्नै साथी, अफिसका कर्मचारी, कुनै विषयहरु हुने गर्छन् । त्यस्तो हुँदा तपाईले आफुले कुनै पनि काम पुरा गरिरहँदा आफुलाई तनाव दिने तत्वहरुको विषयमा ख्याल गर्न सक्नुहुनेछ ।
अघिल्लो काममा बाधा पुराउने त्यस्ता तत्वहरुलाई आगामी कामहरुमा विस्तारै हटाउन मद्दत पुग्नेछ । यदी तपाईले वर्तमानमा गरिरहेको कामले नै तपाईलाई तनाव दिईरहेको छ भने त्यो काम छोडेर अन्य काम रोज्नु तपाईका लागि अत्यावश्यक हुन जान्छ ।

3) आफ्नो काममा नियमित छुट्टी लिने गर्नुस्
अन्य देशको तुलनामा जापानमा वार्षिक विदा कम नै हुन्छ । मुख्यतया जापानी कम्पनीहरुले वार्षिक १० दिन विदा दिने गर्छन् ।
तर जापान गएका नेपालीहरुले विदाको दिनमा बढी पैसा पाईन्छ भनेर त्यस दिन पनि काम गर्न छोड्दैनन् ।

त्यसरी कम्पनीले नियमित दिने विदाको दिनमा पनि छुट्टी नलिएर काम गरिरहँदा तपाई तनावग्रस्त हुनुभएको पनि हुनसक्छ ।
त्यसकारण आफुले पाउने नियमित विदाको सदुपयोग गरे पनि तनाव बाट मुक्त हुन सकिन्छ । विदाको समयमा प्राकृतिक सम्पदा, खोला नालाको भ्रमण गरेर आफुलाई फ्रेस बनाए तनावबाट मुक्त हुन सकिन्छ ।

4) अरुलाई सहयोग गर्ने बानि बसाल्नुस

जापानमा तपाई तनावबाट बच्न चाहानुहुन्छ भने तपाईले अरुको सहयोग लिन र अरुलाई सहयोग गर्ने बानि बसाल्नुहोस । त्यस्तो गर्नाले तपाईमा अरुप्रति सामिप्यता बढ्नुका साथै आफुले पनि अरुको सहयोग प्राप्त गर्दा आनन्द र हौसला प्राप्त हुन्छ ।

सुरुमा अरु संग सहयोग माग्न नै लजाउने तथा गाह्रो मान्ने बानि बाट तपाई मुक्त हुनुहुनेछ भने विस्तारै सहयोग र समर्थन प्राप्त गर्दा तपाईलाई धेरै नै खुसि प्राप्त हुन्छ । जसले गर्दा तपाई सजिलै तनावबाट मुक्त हुन सक्नुहुन्छ ।

5) आफ्नो सिमा पत्ता लगाउनुहोस्

अरुको देशमा गएपछि आफ्नो काम बाट अरुको मन जित्न खोज्नु स्वाभाविक हुन जान्छ । आफ्नो ज्ञान र क्षमताको सिमा पत्ता लगाएर मात्र कुनै काममा हात हाल्ने बानि बसाल्दा जापानमा तनावबाट मुक्त हुन सक्नुहुनेछ ।

जापानमा काम गर्दा आफुले सक्ने काम गर्नु र बचेको समय आफुलाई सुहाउँदो नयाँ काम गर्न खोज्नु सबैका लागि लाभदायी हुन जान्छ ।
जसका कारण भविष्यमा आईपर्ने तनावबाट तपाई सजिलै बच्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?