जापानी बैंकहरुले विदेशी भाषामा सुविधा प्रदान गर्ने

जापान । जापानका बैंकहरुले विदेशी नागरिक र विद्यार्थीहरुलाई सजिलो होस् भन्ने हेतुले आफुले दिने सुविधामा विदेशी भाषाहरुलाई पनि प्राथमिकता दिने भएका छन् । बैंकका बाहिरी शाखा तथा कल सेन्टरहरुमा अब विदेशी भाषाको पनि प्रयोग हुने जनाईएको छ ।

जापानको मिजु बैंकले आफ्नो शाखामा अंग्रेजी, चाईनिज र कोरियन भाषाको सुविधा दिएको छ।

बैंकको कल सेन्टरमा ग्राहकहरुले आफुलाई आवश्यक पर्ने सुविधा तथा असुविधाहरुको बारेमा विभिन्न भाषामा सोधपुछ गर्न सक्नेछन्  ।
बैंकका कर्मचारीहरुले सर्वसाधारणलाई एटिएम कसरि प्रयोग गर्ने भन्ने विषयमा विभिन्न भाषामा ग्राहकहरुलाई सिकाउने छन् ।
त्यस्तै गरि सुमितोमो मित्सुमा रहेको एसएमबिसी ट्रस्ट बैंकले आफ्नो शाखामा अंग्रेजी काउन्टर खोलेर सेवा विस्तार गर्ने भएको छ ।

जस मार्फत जापानी भाषामा समस्या भएका विदेशी नागरिकहरुलाई बैंकमा नयाँ खाता खोल्न तथा घरको लोनको विषयमा बुझ्न सजिलो हुने बताईएको छ ।

टोकियोमा रहेको दुई शाखामा १० जना कर्मचारीले अंग्रेजी भाषामा ग्राहकहरुलाई सुविधा प्रदान गर्नेछन् ।

कर्मचारीहरुले अंग्रेजी भाषामा लेखिएको ट्याग लगाएर सुविधा प्रदान गरिरहेको दृश्य ब्यांकको वरिपरी देख्न सकिने पनि जनाईएको छ ।
आकाशाका शाखाका ब्यांक म्यानेजर केनिची ओगीवाराले सुरुवाती दिनमा बैंकको कठिन विधि तथा व्यावहारको विषयमा अंग्रेजी भाषामा व्याख्या गर्न गाह्रो हुने गरेको बताएका छन् ।

बैंक प्रयोग गर्ने विदेशीहरुको संख्या बढ्दै गए अनुसार उनीहरुको समस्याको सुनुवाई गर्ने र त्यसको समाधान गर्ने काम द्रुत गतिमा अघिबढ्ने ओगीवाराले बताए ।

 

त्यस्तै बैंकहरुका एटिमहरुमा पनि विदेशी भाषाको प्रयोग गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?