गोरखा समाज जापानको देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

टोकियो । तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित गोरखा समाज जापानद्वारा आयोजित ‘देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम २०७३’ भव्यताका साथ सम्पन्न भएको छ ।

गोरखाबाट विभिन्न पेशा, व्यवसाय, अध्ययन लगायतका लागि जापान आएका गोरखावासीहरुको पहलमा पहिलो पटक वृहत कार्यक्रमको आयोजना गरिएको हो ।

समाजका संयोजक चुडामणि भट्टराईको सभापतित्वमा सुरु गरिएको औपचारिक कार्यक्रमको विशिष्ट अतिथिमा एभरेष्ट इन्टरनेश्नल स्कुलका अध्यक्ष डा.भूपाल मान श्रेष्ठ र विशेष अतिथिमा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल रहेका थिए भने अतिथिहरुमा एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति सदस्य पवन वर्षा शाह, नेपाली जनसम्पर्क समितिका सभापति डिपी कंडेल, प्रवासी नेपाली मन्चका अध्यक्ष कृष्ण खड्का, नेपाली जनप्रगतिशिल मन्चका उपमहासचिव बाबुराम पौडेल, अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना, गल्कोट समाजका अध्यक्ष नरबहादुर थापा, रामेछाप समाजका अध्यक्ष उत्तम श्रेष्ठ, म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्य, बाँके वर्दिया समाजका अध्यक्ष जनक विक्रम शाही, विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, समाजसेवी लगायत रहेका थिए ।

महासंघ अध्यक्ष मल्ल र संयोजक भट्टराईले संयुक्त पानसमा वत्ति वालेर सुरु गरिएको थियो । समाजको देउसी भैलो कार्यक्रममा समाजकी प्रवक्ता कमला कार्पीले स्वागत मन्तव्य राखेकी थिईन् । नेपालबाट अनलाईन विशेष सम्वोधन गर्दै एनआरएन केन्द्रिय उपाध्यक्ष भवन भट्टले तिहार र नजिक्किदै गरेको अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्य दिनेहरुमा विशिष्ट अतिथि, विशेष अतिथि, समाजको प्रतिनिधित्व गदै एनआरएन जापानका अध्यक्ष थापा, राजनीतिक दलका प्रतिनिधिहरु लगायत रहेका थिए । सो देउसी भैलो कार्यक्रमको संचालन रविन्द्र श्रेष्ठले गरेका थिए ।

समाजद्वारा आयोजित कार्यक्रममा १५० हाराहारीमा गोरखाली उपस्थिति रहेको थियो । समाजले नोभेम्वर २७ तारिख आईतवारका लागि अधिवेशनको मिति तय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?