जापानी विदेशमन्त्री भन्छन्– अणुबमको बेफाइदबारे जानकार छौं, राष्ट्रसंघको प्रस्तावमा थप छलफल गरौं

जापान । जापानका विदेशमन्त्री फुजिमो किसीदाले परमाणु हतियारमा पुर्ण प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रस्तावको आफुहरुले विरोध नगरेको बताएका छन् ।

यद्यपी उनले उक्त प्रस्तावले परमाणु क्षमता नभएका देशहरुलाई झनै कमजोर बनाउने भन्दै जापानले राखेको असहमतिको बचाउ गरेका छन् ।

शुक्रबार सो प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाको एक समितीले पारित गरेको थियो । सो प्रस्तावमाको एक बुँदामा कानुनी रुपमा बाध्यकारी अवस्था राखिएको छ ।

उक्त सन्धिमाथि आगामि मार्चमा छलफल गर्न आह्वान गरिएको छ । किसीदाले यस प्रस्तावबाट परमाणु हतियार सम्पन्न देश तथा हतियार विहिन देश विचको दुरि अझै बढ्ने बताएका छन ।

उनले परिणाम प्राप्त गर्नको लागि दुवै पक्ष एक साथ मिलेर काम गर्नु पर्ने बताएका छन् । साथै सहयोगको आधारमा एउटा व्यवहारिक बाटोको अन्वेषण गर्न आवश्यक भएको उनको तर्क छ ।

विदेश मन्त्री किसीदाले जापान आगामी वर्षदेखि सुरु हुने वार्तामा भाग लिने जानकारी समेत दिए। उनले जापान अणु बम हमलाको शिकार हुने एक मात्र देश भएको नाताले यो विषयमा विषेश रुपमा ध्यान केन्द्रीत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?