म्यानमारकी शीर्ष नेतृ सुकी यस कारण आउँदैछिन् जापान

याङ्गुन । म्यानमारकी राज्य सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीले निकट भविष्यमा नै जापानको भ्रमण गर्ने भएकी छिन् ।
शनिबार म्यानमार सरकारले विज्ञप्ति जारी गर्दै सुकीको भ्रमणबारे जानकारी दिएको छ ।

तर यस विज्ञप्तिमा भ्रमणको विस्तृत विवरण र एकिन मिति भने दिइएको छैन् । यद्यपी अर्को एउटा स्रोतले दिएको जानकारी अनुसार आगामी नोभेम्बर १ बाट ५ सम्म पाँच दिन सुकीले पूर्वी एसियन राष्ट्रको भ्रमण गर्न लागेकी छिन् ।

गत अप्रिलमा म्यानमारमा नयाँ सरकारले सत्ता सम्हाले यता सुकीले जापानको भ्रमण गर्न लागेकी यो नै पहिलो हो ।

जापानको भ्रमणको क्रममा सुकीले जापानका प्रधानमन्त्री सिन्जो आबे र सम्राट आकिहितो र साम्रागी मिचिकोसँग पनि भेटवार्ता गर्ने अनुमान गरिएको छ ।

सुकीले आफ्नो पार्टी ‘नेसनल लिग डेमोक्र्यासि (एनएलडीं)’ को अध्यक्षको हैसियतले सन् २०१३ मा जापानको भ्रमण गरेकी थिइन् ।

गत मे जापानी विदेशी मन्त्री फुजिओ किसीदाले म्यानमारको भ्रमण गररेका थिए । उनले आफ्ना समकक्षी आङ सान सुकीसँग भएको भेटतवार्तामा द्विपक्षीय सहयोगलगायत म्यानमारमा प्रजातन्त्र र आर्थिक विकाशको कार्यान्वयनको लागि विस्तृत वार्ता भएको थियो ।

सुकीको भ्रमणमा थप आर्थिक सहायता लगायतका विषयमा सम्झौता हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?