जापान।जापानका राजकुमार मिकासाको १०० वर्षको उमेरमा निधन भएको छ । सम्राट आकिहितोका अंकल पर्ने राजकुमार मिकासा पूर्व जापानी सम्राट शोवाका कान्छा भाई हुन् ।

सम्राट शोवाको प्रथम नाम हिरोहितो थियो। गम्भीर रुपमा निमोनियाबाट पीड़ित राजकुमार मिकासालाई मे महिनाको मध्य तिर टोकियो अस्पतालमा भर्ति गरिएको थियो ।
समाचार सुत्रले बताए अनुसार हृदय सम्बन्धी समस्या तथा निमोनिया बिग्रेकाका कारण उनलाई पटकपटक आईसियुमा भर्ना गरिएको थियो।
जून महिनाको उत्तरार्द्धमा उनको मुटुमा एक पेसमेकर प्रत्यारोपण समेत गरिएको थियो ।
विहिबार उनको स्वास्थ्य अवस्था अझै विग्रेपछी मुटुको गति रोकिएको थियो त्यसपछि विहान ८ बजेर ३४ मिनेट जाँदा उनको निधन भएको थियो ।