लिवरल डेमोक्रेटिक पार्टीमा अध्यक्षको कार्यकाल ९ वर्ष बनाईने प्रस्ताव गरिँदै

जापान । जापानको सत्ताको नेतृत्व गरिरहेको सिन्जु आवे नेतृत्वको लिवरल डेमोक्रेटिक पार्टीले आफ्नो अध्यक्षको कार्यकाल ९ वर्ष सम्मका लागि बनाउन प्रस्ताव गर्ने योजना बनाएको छ ।

वर्तमान अवस्थामा सो पार्टीको अध्यक्ष दोस्रो पटकसम्म हुने गरि ६ वर्षको बनाईएको छ । त्यस विषयमा लिवरल डेमोक्रेटिक पार्टीको हेडक्वार्टरको बैठकले थप निर्णय गर्ने पार्टीका उपाध्यक्ष मासाहिको कोमुराले बताएका छन् ।

सो बैठकले राजनैतिक प्राणाली रिफर्म गर्ने विषयमा पनि छलफल गर्ने कोमुराले बताए । मंगलवार पत्रकारहरु संग कुरा गर्दै कोमुराले बुधवार आयोजना हुने पार्टीको सामान्य बैठकमा उचित सुझाव सहित आफुले आफ्नो विचार व्यक्त गर्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?