नागोयामा नेपालीहरुले मनाए तिहार विशेष कार्यक्रम

नागोया । नेपालीहरुको माहान चाड तिहारको पूर्वसन्ध्यामा जापानको नागोयामा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ ।

नागोयाको ओजोने स्थित कम्युनिटी हलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा तिहारमा खाईने परिकारहरु तयार पारिएको थियो । लामो समय देखि जापान बस्दै आउनु भएकी सुनिता अधिकारीले कार्यक्रम आयोजना गर्नु भएको हो ।

नेपालबाट रोजगारी र अध्ययनको सिलसिलामा जापान आईपुगेका दाजु भाई, दिदिबहिनीहरु लाई एकै ठाउँमा भेला गरि कार्यक्रमले सुख-दुख साटासाट गर्ने काम गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन्  ।

जापान बसेर पनि यति धेरै जना संगै बसेर नेपाली परिकारको स्वाद लिन पाएको सहभागी विनोद खनाल बताए ।

यस प्रकारको कार्यक्रम आयोजनाले चाडवाडमा नेपालकै झल्को मेटिएको एनआरएन आईसिसिका पूर्व सदस्य डा. सुदिप अधिकारीको भनाई रहेको छ ।

कार्यक्रममा साना बालबालिकाहरुले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

नागोयाको ओजोनेमा मात्रै व्यावसाय अध्ययन एवं रोजगारीको सिलसिलामा जापान आएका सय भन्दा बढी परिवार बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?