जापान ।जापानको पश्चिमी भूभागमा दुई दिन अघि गएको भूकम्पले प्रभावित ६०० जना अझै अस्थाई सेल्टरमा बसिरहेका छन् ।
तोतोरीमा आएको ६.६ रेक्टरको भूकम्पका कारण दर्जनौ मानिसहरु घाईते भएका थिए ।

स्थानीय अधिकारीहरुले भूकम्प द्वारा प्रभावित मानिसहरुलाई सेल्टर तथा औषधि र खाद्यान्नको सुविधा समेत पुर्याईरहेको जानकारी प्राप्त भएको छ ।
साथै भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माण गर्ने काम पनि स्थानीय अधिकारीहरुले सुरु गरिसकेको जनाईएको छ ।
तोतोरी क्षेत्रमा भत्किएका स्कुलहरुको पुनर्निर्माण तथा अस्थायी रुपमा भएपनि भूकम्प प्रभावित मानिसहरुका लागि चर्पीको निर्माण स्थानीय अधिकारीहरुले गरिरहेका छन् ।
स्थानीय भूकम्प मापन केन्द्रले आगामी दिनमा फेरी पनि त्यस्तै पराकम्पन आउन सक्ने भन्दै चनाखो रहन सबैलाई सुचित गरेको छ ।