आवे नेतृत्वको पार्टी आगामी निर्वाचनमा पराजित हुन सक्छ : कोईजुमी

जापान ।जापानका भूतपूर्व प्रधानमन्त्री जुनिचिरो कोईजुमीले सिन्जु आवे नेतृत्वको पार्टीले न्युक्लिएर पावारको विषयलाई आगामी निर्वाचनमा मुख्य विषय नबनाए तल्लो सदनको निर्वाचनमा पराजित हुने चेतावनी दिएका छन् ।

आणविक उर्जाको विषयमा जनताहरुले कुरा उठाउन थालेका छन् र उनीहरु चनाखो पनि भएका छन् त्यसैले त्यस विषयको प्रभाव सदनमा अवस्य पर्ने भएकाले आवेको पार्टीले त्यस विषयमा आउँदो निर्वाचनमा स्पष्ट धारणा सार्वजनिक नगरे निर्वाचनको नतिजा नराम्रो आउने कोईजुमीको भनाई रहेको छ।

यदि प्रतिपक्षी पार्टीहरु एक आपसमा मिलेर आणविक विरोधी उमेद्वार उठाएर त्यस विषयमा देशको आगामी बृहत योजना पेश गर्न सके आवे नेतृत्वको लिवरल डेमोक्रेटिक पार्टी पराजित हुन सक्ने धारणा समेत कोईजुमीले व्यक्त गरेका छन्।

तल्लो सदनका नीतिनिर्माताहरुको वर्तमान अवधि डिसेम्बर २०१८ मा समाप्त हुँदैछ तर लिवरल डेमोक्रेटिक पार्टिका उच्च अधिकारीहरुले बताए अनुसार आगामी वर्षमा हुने निर्वाचन अघि नै प्रधानमन्त्री आवेले सदन भंग गर्ने बताएका छन् ।

कोईजुमी जसले प्रधानमन्त्रीको रुपमा सन् २००१ देखि २००६ को अवधिमा आणविक शक्तिको बढावा गरेका थिए तीनै मानिस अहिले त्यसको विरोध गर्ने सक्रिय अभियानकर्ताको रुपमा उभिएका छन् ।

उनले आवे नेतृत्वको सरकारले आणविक प्रकोपको विषयमा गरेको कामको विषयमा पटक पटक आलोचना गर्दै आईरहेका छन् ।

कुईजुमी सन् २००९ मा प्रधानमन्त्री पद बाट विदा भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?