दोस्रो विश्वयुद्द पछि पहिलो पटक जापान र बेलायतले संयुक्त सैन्य अभ्यास गर्दै

जापान ।जापानको वायु आत्म रक्षा बल अथवा एएसडीएफ़ बेलायतको रोयल एयर फ़ोर्स अथवा आरएएफ़ संग पहिलो पटक जापानमा संयुक्त सैन्य अभ्यास गर्ने भएको छ ।

दोस्रो विश्वयुद्द पछि पहिलो पटक जापान र बेलायतका सैन्य टुकुडीहरु आमुने-सामुने देखिन लागेका हुन् ।आरएएफ़को चार ताईफ़ून नामक लड़ाकु विमान, ट्यांकरको परिवहनमा प्रयोग गरिने ले एउटा बहुउपयोगी वोयेजर विमानसंग शनिवार जापानको मिसावा अड्डामा पुगेको थियो । मिसावा अड्डा जापानको पूर्वीय आओमोरि प्रिफ़ैक्चरमा रहेको छ ।

एफ़-15 सहित एएसडीएफ़को 8 विमान सोमवार देखि सुरु हुने अभ्यासमा भाग लिंदैछन् । जापान र बेलायतको विमान युद्ध अभ्यास मार्फत होक्काइदो तथा तोहोकु नजिक  प्रशांत महासागरमा एक अर्काको सामाना गर्नेछन् ।

जनवरीमा भएको दुई देशक विदेश तथा रक्षा मन्त्रीहरुको विचमा भएको बैठक पछी संयुक्त वायु अभ्यास गर्ने विषयमा सहमति बनेको थियो । यो भन्दा अघि एएसडिएफले जापानमा अमेरिकी सेना बाहेक अन्य विदेशी सेनासंग संयुक्त अभ्यास गरेको थिएन ।

आरएएफको लेफ़्टिनेंट कर्नेल रोजर एलिओटले बेलायत र जापानले लामो समय देखि एक आपसमा सहकार्य गर्दै आईरहेको बताएका छन् ।

उनले पश्चिम एशिया र मलेशियामा अभ्यास गरेपछि जापानमा धेरै राम्रो अनुभव प्राप्त गर्ने समेत अपेक्षा व्यक्त गरेका छन् ।

मिसावा अड्डामा एएसडीएफका कमाण्डर  कोजि इमाकिले  दुवै देशका सैन्य टुकुडिले आ-आफ्नो सैन्य प्रतिभा देखाउने विश्वास समेत व्यक्त गरेका छन् । दुई देश विचको सैन्य अभ्यास ३ नोभेम्बर सम्म चल्ने बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?