युरोपियन संघले मुक्त व्यापार सम्झौताको विषयमा जापानसंग वार्ता गर्ने

जापान । युरोपियन संघका अध्यक्ष डोनाल्ड टुस्कले एउटा मुक्त व्यापार सम्झौतामा क्यानाडासंग वार्तामा कुरा नमिलेपछि, व्यापारमा साझेदारीको तरिकाले युरोपियन संघलाई प्रभावित गर्न सक्ने बताएका छन् ।

युरोपियन संघ द्वारा शुक्रवार ब्रसल्समा दुई दिवसीय शिखर सम्मेलन समाप्त गरिसकेपछि, टुस्कले संवाददाताहरु संग सो विषयमा कुरा गरिरहेका थिए ।

युरोपियन संघ र क्यानाडा आउँदो बिहिबार ब्रसल्समा सीटा नामक व्यापार सम्झौतामा  हस्ताक्षर गर्दैछन् । तर बेल्जियमको एउटा सानो क्षेत्रले यसको विरोध गरिरहेको छ ।

यही क्रममा युरोपियन संघका नेता जापानसंग वार्ता अघि बढी बढाउने विषयमा सर्वसम्मत भएका छन् । यो वर्षको अन्त्य तिर आर्थिक साझेदारी सम्झौतामा कुनै प्रकारको राजनैतिक सहमति गर्ने लक्ष्य नेताको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?