टोक्यो ।टोक्योको तोचिगी क्षेत्रमा भएको दुई विष्फोटमा एक जनाको ज्यान गएको छ । आईतवार भएको सो विष्फोटमा ३ जना घाईते भएका छन् ।

उचोनोमिया नजिक रहेको जोशी पार्क नजिक बिहानको ११ बजे मल्टिप्लेक्समा विस्फोट भएको खबर सहरको फायर डिपार्टमेन्टमा खबर गरिएको जनाईएको छ ।
विष्फोटमा परेर एकजनाको शरीर पूर्ण रुपमा जलेको पाईएको प्रहरीले बताएको छ । साथै पार्क नजिकै अन्य तीनजना घाईते अवस्थामा भेटिएको प्रहरीको दावी रहेको छ ।
घाईतेहरुको शरीरमा विष्फोटक पदार्थको टुक्राहरू भेटिएको र घाईतेहरुको वर्तमान अवस्था कस्तो रहेको एकिन भन्न नसकिने प्रहरीले बताएको छ ।
साथै विस्फोट भएको कारमा आत्महत्या गर्दैछु भनि लेखिएको पत्र पनि प्रहरीले फेला परेको बताएको छ । विस्फोट भएको कार रक्षा मन्त्रालयका पुराना कर्मचारीको रहेको समेत खुल्न गएको छ ।
विस्फोटसंगै त्यस पार्कमा आयोजना हुन लागेको परम्परागत सांस्कृतिक कार्यक्रम स्थगित गरिएको छ भने विष्फोटको पछाडी कसको हात रहेको भन्ने बारेमा प्रहरीले खोजबिन गरिरहेको बताएको छ ।