सगरमाथाको आरोहण गर्ने प्रथम जापानी महिला तावेईको निधन

जापान ।जापानको फुकुसिमामा जन्मिएकी पहिलो महिला सगरमाथा आरोही जुनको तावेईको शनिवार मुत्यु भएको छ । क्यान्सर रोगबाट ग्रसित तावेईको ७७ वर्षको उमेरमा जापानमा निधन भएको हो ।

चारवर्ष अघि देखि क्यान्सर रोगबाट पीडित तावेईलाई उपचारका लागि विहिबार साईतामा रहेको सरकारी हस्पिटलमा भर्ना गरिएको थियो ।

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम महिला जापानी नागरिक जुन्को ताबेईलाई मनास्लु तथा ल्होत्से हिमाल आरोहणको ६० वर्ष पुगेको अवसरमा नेपालमा यही वर्षको बैशाख महिनामा नेपालमा अभिनन्दन गरिएको थियो ।

जुन्को ताबेईले सन् १९७५ मे १६ मा २० दिनमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?