विदेशी बालबालिकाका लागि निशुल्क अनलाईन जापानी भाषाको कक्षा

जापान । टोकियोमा रहेका गैर मुनाफा संस्थाले विदेशी बालबालिकाहरुका लागि अनलाईन जापानी भाषाको कक्षा संचालन गर्ने भएका छन् ।

 

विदेश बाट जापानमा आएका परिवारका बच्चाहरुलाई सुरुमा नै जापानी भाषामा कक्षामा गएर पढ्न गाह्रो पर्न जाने भएकाले अनलाईन कक्षा संचालन गर्न लागिएको हो ।

पश्चिमी टोक्योको फुसामा रहेको युथ सपोर्ट सेन्टर ग्लोबल स्कुलले जापानी भाषाका विशेषज्ञहरु द्वारा प्रशिक्षित भाषा कक्षालाई जापानको कुनै पनि स्थानमा बसेर पढ्न र हेर्न सकिने बनाएको छ ।

त्यो स्कुलले विदेशी बालबालिकाको लागि जापानी भाषा सिक्नको लागि सन् २०१० देखि सशुल्क कक्षा समेत संचालन गर्दै आईरहेको छ ।

तर अहिले भने निशुल्क रुपमा त्यस स्कुलले अनलाईन सेवा मार्फत जापानी भाषा सिक्न सक्ने सुविधा प्रदान गरेको हो ।

सन् २०१४ मे महिनाको आँकडाका अनुसार २९ हजार १९८ प्राथमिक र माध्यमिक तहमा अध्ययन गर्ने विदेशी विधार्थीहरुलाई जापानी भाषाको तालिम आवश्यक रहेको देखाएको थियो ।जसमध्य ६७०० जना विदेशी बालबालिकाहरुले कुनै पनि तालिम प्राप्त नगरेको देखिएको थियो ।

त्यसकारण त्यस्ता बालबालिकाहरुका लागि भनेर जापानी भाषाको विशेष कक्षा संचालन गरिएको स्कुल प्रतिनिधि तानाकाले बताएका छन्

आगामी दिनहरुमा विदेशी बालबालिका देखि युवाहरुका लागि पनि जापानी भाषाको मास्टर क्लास संचालनमा ल्याईने तानाकाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?