
तोतोरी ।जापानको तोतोरी क्षेत्रमा हिजो गएको शक्तिशाली भूकम्पमा प्रभावित मानिसहरुका लागि स्थानीय सरकारले राहत सामाग्री पठाएको छ ।
भूकम्प गएपछि घर बाहिर आश्रय लिईरहेका त्यस क्षेत्रका जनताहरुका लागि जापान सरकारले खाद्यान्न, ब्ल्यान्केट तथा लत्ताकपडाहरु राहत स्वरूप पठाएको हो ।
हिजो गएको भूकम्पका कारण १५ जना घाईते हुनुका साथै केहि भौतिक संरचनाहरु ध्वस्त भएको टोटोरी स्थित स्थानीय सरकारले जनाएको छ ।
त्यस्तै टोटोरी क्षेत्रमा फेरी पनि भूकम्प आउने सम्भावना रहेको जापान स्थित भूकम्प मापन केन्द्रले बताएको छ ।
हिजो ६.६ रेक्टर स्केलको भूकम्प गएपनि अब भूकम्प आएपनि ६ रेक्टर स्केल भन्दा कमको नै आउनसक्ने मापनकेन्द्रको भनाईरहेको छ ।
भूकम्पका कारण टोटोरी क्षेत्रमा २८०० घरपरिवार घरबाहिर आश्रय लिन बाध्य भएको जनाईएको छ ।