जापानको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामी आउने सम्भावना नरहेको मापनकेन्द्रको भनाई

जापान । जापानको पश्चिमी क्षेत्रमा ६.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।शक्तिशाली भूकम्पका कारण हजारौ घरहरु हल्लिएका थिए । जापानको मापन केन्द्रले भूकम्प समुन्द्री क्षेत्र टोटोरीलाई केन्द्र बनाएर आएको जनाएको छ ।

भूकम्प १० किलोमिटर गहिराईको इपिसेन्टर बनाएर आएको मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण घरका छानामा छाईएका टायलहरु हल्लिएर बिग्रिएको र डिपार्टमेन्ट स्टोरका वाईनका बोतल तथा खानाका सामाग्रीहरु खराब भएको जापानी मिडियाहरुले जनाएका छन् ।

भूकम्पका कारण ३२ हजार घरहरुमा विजुली सेवा अवरुद्द भएको चुवु इलेक्ट्रिक पावरले जनाएको छ । त्यस्तै मापन केन्द्रले ठुलो भूकम्प गए पनि त्यसका कारण सुनामी आउने सम्भावना नरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?