मित्सुबिशी मोटर्सको नयाँ अध्यक्षमा गोन हुने निश्चित

जापान ।निस्सान मोटर द्वारा आफ्नो अध्यक्ष तथा मुख्य कार्यकारी कार्लोस गोनलाई मित्सुबिशी मोटर्सको अध्यक्ष नियुक्त गर्ने लगभग निश्चित जस्तै भएको छ । मिस्तुबिशी इन्धनको आँकडामा आएको फेरबदलसंग जोडिएको घोटालाका कारण संघर्ष गरिरहेको छ ।

दुवै वाहन-निर्माता मे महिनामा पुंजी गठजोड गर्ने विषयमा सहमत भएका थिए । यस सम्झौता अन्तर्गत निस्सान मिस्तुबिशीमा ३४ प्रतिशतको भागिदारी हासिल गर्ने र त्यस संगै निस्सान त्यसको सबैभन्दा बढी शेयर धनी बन्नेछ ।

यस कदम पछि मित्सुबिशी निस्सानको नियन्त्रणमा आउनेछ । गोन एकै पटक निस्सान, मित्सुबिशी र फ्रेन्च वाहन-निर्माता रेनोको अध्यक्ष बन्नेछन्  । मित्सुबिशी नयाँ प्रबंधन अन्तर्गत उपभोक्ताहरुको विश्वास फेरी पनि जित्ने प्रयास गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?