जलवायु सम्झौता तत्काल पारित गर्न किशिदाको अनुरोध  

जापान । जापानका विदेश मन्त्रीले देशको उपल्लो सदनमा जलवायु परिवर्तनसंग जोडिएका पेरिस सम्झौतालाई पारित गर्ने विधयेकलाई छिटो स्वीकृत प्रदान गर्न अनुरोध गरेका छन् ।

बुधवार किशिदाले त्यस विधयेक उपर चर्चा गर्ने विषयमा संसदलाई जानकारी दिएका थिए । त्यस सम्झौतामा सन् २०२० मा ग्रिनहाउस ग्यासको उत्पादनलाई कटौती गर्ने विषयमा अन्तराष्ट्रिय प्रयासलाई आह्वान गरिएको छ ।

यस सम्झौता तुरुन्त अनुमोदन भए जापानले अन्तराष्ट्रिय प्रयासमा सक्रिय योगदान गरिरहेको पुष्टि हुने जनाएका छन् ।

उनले त्यो सम्झौता अनुमान गरिएको भन्दा पहिले नै लागु हुने बताएका छन्। त्यस पछाडिको कारण खुलाउँदै उनले भने- युरोपीय संघका केहि सदस्यहरुले त्यस सम्झौतालाई अनुमोदन गरिसकेका छन् ।

१० अक्टोवर सम्म अमेरिका, चीन लगायत अन्य ७५ देशहरुले त्यस सम्झौतालाई अनुमोदन गरिसकेका छन् । यो सम्झौता ४ नोभेम्बरमा लागु गरिने बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?