जापान । उत्तर कोरियाले यसै हप्ता गरेको प्योंगयांग ब्लास्टिक मिसाईल परिक्षणको जापानले कडा विरोध गरेको छ ।

जापान सरकारको क्याविनेट सचिव युशिहिडे सुगाले विहिवार उत्तर कोरियाले मध्यम रेन्जको मिसाईल जापानी समय अनुसार ७ बजे गरेको जापानी सरकारले थाहा पाएको बताएका छन् ।
क्युशोंगको उत्तरी पश्चिम सहर नजिक त्यो मिसाईलको असफल परिक्षण गरिएको सुगाले बताएका छन् ।सो मिसाई ल परिक्षणले जापानको सुरक्षा व्यवस्थालाई कुनै पनि असर नगरेको समेत सुगाले बताएका छन् ।
बेईजिंगमा रहेको जापानी दुतावास मार्फत जापान सरकारले उत्तर कोरियाको सो कदमको विरोध गरेको सुगाले बताए ।आगामी दिनहरुमा पनि उत्तर कोरियाले अन्तराष्ट्रिय र क्षेत्रीय सुरक्षा व्यवस्थाको खिल्ली उडाएर मिसाईल परिक्षणहरु जारि राखे त्यसलाई सहन नसकिने भन्दै सुगाले कडा चेतावनी समेत दिएका छन् ।
उत्तर कोरियाले विश्व भरिको दबाव र चेतावनीलाई लत्याउँदै निरन्तर परमाणु हतियारको विकास गरिरहेको समेत आरोप सुगाले लगाएका छन् ।