म नेपाली ग्रुप जापानले ४० बालबालिकाका लागि कपडा सहित खाद्य सामाग्री वितरण

टोकियो । महिलाहरुको समूह म नेपाली ग्रुप जापानले रक्षा नेपाल सहयोगार्थ दुई दिवसीय ‘तीज महोत्सव २०१६’ गरी मुनाफा रकमले ४० बालवालिकालाई आफ्नै रोजाईमा दसैँको अवसर पारी लत्ता कपडा सहित खाद्य सामाग्री वितरण गरेको छ ।

सन् २००४ मा क्याबिन, डान्सबार र मसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिला तथा बालबालिकालाई उद्धार गर्ने उदेश्यले खोलिएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई ग्रुपले सहयोग हस्तान्तरण गरेको हो ।

महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने गैरसरकारी संस्था रक्षा नेपाललाई सहयोग गरेको ग्रुपकी संयोजक स्मृति आचार्यले बताएकी छिन् ।

दुई दिवसीय तीज महोत्सवमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग स्पोन्सर, भोलुन्टर, टेक्निसियन, मिडिया तथा मिडिया कर्मी, जापानवासी नेपाली दाजुभाई तथा दिदीवहिनी लगायतलाई धन्यवाद सहित आभार प्रकट ग्रुपले गरेको छ साथै आगामी दिनमा पनि यस्तै सहयोगी मनहरुले साथ् दिनेमा विश्वस्त रहेको ग्रुपकी संयोजक आचार्यले बताईन् ।

स्मरण रहोस ग्रुपले यस अघि पनि विविध सामाजिक कार्यक्रम संचालन गर्दै मुनाफा नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

ग्रुपको आयोजनामा सम्पन्न २ दिवसीय तीज महोत्सव २०१६ मा नेपाल देखि गायिका सुनिता दुलाल, गायकहरु प्रकाश कटुवाल र वैकुण्ठ महत जापान आएका थिए । सो तीज कार्यक्रम अगष्ट २८ र ३० मा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?