गोरखा समाज जापानले तिहारमा देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम गर्ने

जापान । दिपावली र छठ पर्वको अवसरमा गोरखा समाज जापानले शुभकामना आदानप्रदान सहित देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम २०७३ आयोजना गर्ने भएको छ ।

समाजले शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम अक्टोबर ३० तारिख आइतवार टोकियो रोधी क्लवमा दिउसो १ बजे देखि साँझ ६ बजेसम्म खेलिने जनाएको छ ।

देउसी भैलो कार्यक्रममा जापानमा रहेका कुटनीतिक क्षेत्रका व्यक्ति, सामाजिक संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यापारी, पत्रकार लगायतलाई आमन्त्रण गरिने आईतवार बसेको समाजको वैठकले निर्णय गरेको छ ।

सो वैठकले कार्यक्रम संयोजन तथा सम्पूर्ण व्यवस्थापनको जिम्मा समाजको संयोजक चुडामणि भट्टराई र प्रवक्ता कमला काप्रीलाई दिएको छ ।

त्यस्तै गरी वैठकले साँस्कृतिक कार्यक्रमको जिम्मेवारी प्रवक्ता कमला कार्पीलाई समाजले दिएको छ भने देउसी भैलो कार्यक्रमको प्रचार प्रसार र निमन्त्रणाको जिम्मेवारी रविन्द्र श्रेष्ठलाई दिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?