उत्तर कोरियाले गरेको असुरक्षित मिसाईल प्रक्षेपणको जापानलाई कुनै प्रभाव पर्दैन : इनादा

जापान । जापानी रक्षा मन्त्री तोमोमि इनादाले उत्तर कोरियाले शनिवार गरेको ब्लास्टिक मिसाइल प्रक्षेपणको प्रयासले जापानलाई तत्काल कुनै प्रभाव नपर्ने बताएकी छिन् ।

अमेरिकी सेनाले उत्तर कोरियाको यस असफल मिसाईल प्रक्षेपण प्रयासको बारेमा पत्ता लगाएको थियो। त्यसपछि जापानी रक्षा मन्त्री इनादाले आईतवार संवाददाताहरु संग त्यस विषयमा जापानको रक्षा मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गरेकी थिईन् ।

उत्तर कोरियाले गरेको मिसाईल परिक्षणको बारेमा जापानले पुरै जानकारी लिने र आफ्नो देशको सुरक्षाको लागि अमेरिका र दक्षिण कोरियासंग मिलेर काम गर्ने इनादाले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?