जापानले आत्मरक्षा बलको लागि नयाँ जिम्मेदारी सुम्पिने

जापान । जापान सरकारले आत्म रक्षा बलको एउटा टुकुडीलाई नयाँ जिम्मेदारी दिने कुरामा काम भैरहेको जनाईएको छ ।

यो टुकुडीलाई  संयुक्त राष्ट्र  शान्ति अभियान गतिविधिहरुमा भाग लिनको लागि दक्षिण सुडानमा पठाउने तयारी भैरहेको जनाईएको छ ।

सरकारले यो मुद्दामा कुरा गर्न शुक्रवार राष्ट्रिय सुरक्षा परिषदको बैठकको आयोजना गरेको थियो ।यो टुकु डीले नयाँ कामको लागि प्रशिक्षण लिईरहेको छ जसलाई जापानले नयाँ राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत अनुमति दिएको छ ।

यो टुकुडीले दक्षिण सुडानमा तैनाथ भएका आत्मरक्षा बल टुकुडीको स्थानमा काम गर्नेछन् ।  जापानका रक्षा मन्त्री तोमोमि इनादाले यो महिनाको सुरुमा दक्षिण सुडानको भ्रमण गरेर आत्मसुरक्षा बलको गतिविधि निरीक्षण गरेका थिए ।

उनले दक्षिण सुडानमा संयुक्त राष्ट्र अभियानका प्रतिनिधिहरु संग पनि भेटेका थिए । तोमोमि इनादाले मन्त्रीहरुलाई बताए कि दक्षिण सुडानको राजधानी जूबाको अवस्था केहि हदसम्म सुधारिएको छ ।

दक्षिण सुडानमा आत्मरक्षा बलको अवधि बढाउने साथै नयाँ जिम्मेदारी दिने कुरामा पनि मन्त्रीहरु विच कुराकानी जारि राख्ने कुरामा सहमति भएको जनाईएको छ । सुरक्षाबल दक्षिण सुडानमा रहने अवधि यही महिनाको अन्त्यमा समाप्त हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?