जापानी अर्थमन्त्री आसो द्वारा व्यापार सम्झौतालाई अन्तिम रुप दिन आग्रह

जापान।जापानी अर्थ मन्त्री तारो आसोले जापान, चीन तथा दक्षिण कोरियाले तुरुन्त त्रिपक्षीय मुक्त व्यापार सम्झौतालाई अन्तिम रुप दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्यो विषयमा आसोले सोमवार सोलमा भाषण दिएका थिए । अपेक्षाकृत रूपले स्थिर वैश्विक अर्थव्यवस्थाको विचमा कदम उठाउनु आवश्यक रहेको उनले बताएका छन् ।

आसोले मध्य देखि दिर्धावधिमा प्रतिस्पर्धा तथा सहयोग गर्दै विचमा सन्तुलन बनाएर राख्ने गरि वार्ता अगाडी बढाउन आग्रह गरेका छन् ।

उनले निजी क्षेत्रको प्रतिस्पर्धा बाट वृद्दीदर हासिल गर्न सकिने भएको हुँदा सरकारले आर्थिक साझेदारी सम्झौताको माध्यमबाट त्यस्ता प्रतिस्पर्धाहरु गराउन निष्पक्ष नियम बनाउनुपर्ने बताएका छन् ।

उनले राजनेताहरु संग आग्रह गर्दै मुक्त व्यापार सम्झौतालाई अन्तिम रुप दिने कुराको नेतृत्व गर्न समेत आह्वान  गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?