दशैं र तिहारको अवसरमा जापानमा वृहत कार्यक्रम हुने

टोकियो । विजया दशमी, दिपावली तथा छटको अवसरमा जापानमा बृहत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाली जनप्रगतिशील मञ्च टोकियो क्षेत्रिय कमिटीको आयोजनामा अक्टोबर १० गते टोकियो रोधी क्लब सिनओकुबोमा बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

जापानस्थित संघसंस्था, राजनीतिक पार्टी तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहने कार्यक्रममा स्थानिय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन ।

नेपालीहरुको महान पर्वमा विदेशमा रहेर पनि खल्लो महसुस नहोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको नेपाली जनप्रगतिशील मञ्च टोकियो क्षेत्रिय कमिटीका अध्यक्ष सम्पूर्ण अधिकारीले बताएका छन् ।

सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाई दिन जापानबासी नेपालीहरुलाई आयोजक संस्थाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?