आगामी हप्ता जापान र रसिया विच रणनैतिक वार्ता हुने

जापान ।जापान र रसिया विच अक्टोबर १३ मा रणनैतिक वार्ता हुने भएको छ । दुई देशका उप-विदेशमन्त्रीहरु विच रसियामा वार्ता हुने भएको हो ।

 

जापानका विदेश मन्त्री फुमियो किशिदाले शुक्रबार बैठकबारे बताएका हुन् । किशिदाका अनुसार उप-विदेशमन्त्रि शिन्सुके सुगीयामाले रसियाका उपविदेशमन्त्री भल्दामिर तिटोभलाई मस्कोमा भेट्ने बताएका हुन्।

सन् २००७ मा नै दुई देशहरुको विचमा अन्तर्राष्ट्रिय तथा द्विपक्षीय विषयहरुमा रणनैतिक संवाद गर्ने भनेर रुपरेखा तयार गरिएको थियो।

किशिदाले त्यो समयमा दुई देशको विचमा अन्तर्राष्ट्रिय सम्बन्ध त्यसमा पनि उत्तर कोरिया र सिरियाको बारेमा छलफल भएको बताएका छन्।

जापानको उत्तरी क्षेत्रहरु र जापान-रसिया विच भएको शान्ति सन्धिको विषयमा वार्तामा कुरा हुने किशिदाले बताएका छन्।
विशेष गरि दोस्रो विश्वयुद्द पछि रसियाले कब्जा गरेको ४ वटा समुन्द्री टापुहरुको विषयमा कुरा हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?