जापानब्यापी फुटसल प्रतियोगिताको तयारी पुरा, उपाधिका लागि ८ टिम भिड्दै

जापान । हिन्दु नेपालीहरुको महान् पर्व बडादसैंको अवसर पारेर गर्न लागिएको जापानब्यापी फुटसल प्रतियोगिताको तयारी लगभग पुरा भएको छ ।

जापानको सिजुओकामा हुने प्रतियोगितामा उपाधिका लागि ८ टिमले प्रतिश्पर्धा गर्ने भएका छन् । नेपाली जनसम्पर्क समिति, जापानले आयोजना गरेको प्रतियोगिता अक्टोबर ९ तारिकमा हुने छ । सिजुओकास्थित माकिगाया फुटसल मैदानमा विहान ११ बजेदेखि प्रतियोगिता सुरु हुने छ ।

सिजुओकामा पहिलो पटक फुटसल हुन लागेकोले यहाँका खेलप्रेमिहरु उत्साहित बनेका छन । आयोजक नेपाली जनसम्पर्क समिती जापानका महामन्त्री रेशम डंगोलले प्रतियोगिताको तयारी लगभग सकिएको बताउदै यहाँका नेपाली युवाहरुलाई स्वस्थ र फुर्तिलो बनाउन यस्ता प्रतियोगिताको महत्वपुर्ण भुमिका हुने बताए ।

लिग चरणमा हुने खेलको उपाधी विजेतालाई नगद ५० हजार सहित उपाधि प्रदान गरिने छ । यस्तै प्रतियोगितामा दोस्रो हुने टिमले मेडल सहित ३० हजार हात पार्ने छ ।

प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । जापानमा आएका नेपालीहरुका बीचमा मित्रता, भाइचारा र चाड पर्वको शुभकामना आदान प्रदानका लागि पनि प्रतियोगिता फलदायी बन्ने आयोजकको विश्वास छ ।

आयोजकले उक्त दिन प्रतियोगिता आयोजना गरिएको मैदानमा उपस्थित भएर खेलाडीहरुलाई हौसला प्रदान गर्न जापानमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

खेलाडीहरु बिहान दश बजे मैदानमा पुगिसक्नुपर्ने छ । खेलसम्बन्धी आवश्यक जानकारीका लागि समितिले महामन्त्री डंगोललाई तोकेको छ । उनको मोबाइल नम्वर 080-51574224 मा सम्पर्क गरेर खेलबारे थप जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?