जापान । जापान लगायत विश्वका विभिन्न मुलुकहरुमा उच्चकोटीको अन्तराष्ट्रिय फोनकल, ब्यालेन्स ट्रान्सफर तथा एसएमएस सेवाहरु प्रदान गरि ग्राहकहरुको मन जित्न सफल रहेको ओटेल कम्पनीले दशैं-तिहारको अवसरमा स्पेशल अफर बजारमा ल्याएको छ ।

ओशन टेक्नोलोजीले बताए अनुसार स्पेशल अफर अपानाए बापत यही अक्टोवर १ देखि नोभेम्बर १ सम्म ओटेल फ्रिको रिचार्जमा दश प्रतिशत बोनश प्राप्त गर्नेछन् ।
त्यो योजना अनुसार प्रिपेड भौचर, पे पल र स्मार्टपिट बाट ओटेल फ्रिमा गरिने हरेक रिचार्जमा दश प्रतिशत बोनश दिईने जनाईएको छ।
ओशन टेक्नोलोजी ले बताए अनुसार पेपल बाट ओटेल फ्रि रिचार्ज गर्दा बोनश रकम २४ घण्टा भित्र प्रयोगकर्ताको एकाउन्टमा थपिनेछ भने प्रिपेड भौचर र स्मार्टपिट बाट रिचार्ज गर्दा बोनश रकम तत्कालै प्राप्त गर्न सकिने बताईएको छ।
उक्त बोनश रकम मुख्य ब्यालेन्स जस्तै हुने र विश्वको जुनसुकै देशमा एसएमएस, ओटेल फ्रिको सशुल्क टेलिफोन वा ब्यालेन्स ट्रान्सफर गर्न प्रयोग गर्न सकिने बताईएको छ ।
साथै ओटेल फ्रिबाट नेपालमा एसएमएस पठाउँदा ०.०५ अमेरिकी डलर अर्थात जापनी ६ येन लाग्ने पनि कम्पनीले बताएको छ।
त्यस्तै एन्ड्रयुड फोन प्रयोगकर्ताहरुले अब ओटेलफ्री एप बाट सिधै ब्यालेन्स ट्रान्सफर पनि गर्न सकिने जनाईएको छ ।
त्यसको लागि एन्ड्रोईड प्रयोगकर्ताहरुले ओटेलफ्रि एप खोलेर मोर बटन थिचेर एकाउन्टमा गएर ब्यालेन्स ट्रान्सफर गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
ओटेलले प्रदान गर्ने थप सेवा सुविधाहरुको बारेमा बुझ्न ओटेलको आधिकारिक वेभसाईट र ओटेल फ्रिको अफिसियल फेसबुक पेज मा जान सकिने पनि ओटेलले जनाएको छ ।