दशैको अवसरमा हाइजीमा यूथ क्लबले डिजे डान्स पार्टीको आयोजना गर्ने

जापान।नेपालीहरुको महान चाड बडादशैँको अवसरमा हाइजीमा यूथ क्लब जापानले आउँदो अक्टोवर महिनाको ११ तारिखमा डिजे डान्स पार्टीको आयोजना गरेको छ ।

नेपाली किचेन हाईजिमा आयोजना हुने डान्स पार्टीमा सहभागीताको लागी आयोजक समितिले आग्रह समेत गरेको छ ।

हाइजीमा युथ क्लवका सचिव मनोज श्रेष्ठले विज्ञप्ति जारि गर्दै जापानमा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका हुन् ।

कार्यक्रममा डिजेहरु नविन, लाक्पा र सरुनको विशेष प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

कार्यक्रम हुने स्थान, समय र मिति

मिति:2016/10/11, मंगलवार

स्थान:नेपाली किचेन, हाईजिमा

समय: 6pm to 2am

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?