जापानका योसिनोरी ओसुमीलाई चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार

काठमाडौं । जापानका योसिनोरी ओसुमीले यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।

नोबेल पुरस्कार छनोट समितिले टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजिका प्राध्यापक ओसुमीलाई सन् २०१६ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

ओसुमीले अटोफेजीमा महत्वपूर्ण अनुसन्धान गरेको र उनको अनुसन्धानले क्यान्सर एवम् पार्किन्सनका बिरामीहरुको उपचारमा सघाउ पुग्ने बताइएको छ ।

अटोफेजी मानव शरीरमा काम नलाग्ने कोषहरु नाश गर्ने संयन्त्र हो ।७१ वर्षीय ओसुमीले टोक्यो विश्व विद्यालयबात १९७४ मा विद्यावारिधि हासिल गरेका हुन् ।
उनि अहिले टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रोफेसर हुन् । नोबेल पुरस्कार संगै उनले आठ मिलियन स्विडिस क्रोनर (९३६,००० डलर )प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?