रसियाले कब्जा गरेको चार टापुहरु फिर्ता गराउन जापानले दवाव दिनेछ : आवे

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवे शान्ति सन्धिमा हस्ताक्षर गर्नु अघि रसियाले कब्जा गरेका ४ वटा समुन्द्री टापुहरुको विषयमा छलफललाई टुंगाउने बताएका छन् ।

जापानको प्रमुख प्रतिपक्षी डेमोक्रेटिक पार्टीका सदस्यहरुले तल्लो सदनमा सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा आवेले सो कुरा बताएका हुन्।

जापानका भूतपूर्व विदेश मन्त्री सेईजी मेहराले रसियाले पहिले हाबोमई र शिकोतन नामका २ वटा टापू फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । ती दुई टापुहरु जापानको उत्तरी क्षेत्रको रुपमा परिचित छन् ।
मेहराले ती दुई टापुहरुले जापानको उत्तरी क्षेत्रको केवल ७ प्रतिशत भूभाग ओगटेको बताउँदै बाँकी दुई टापुहरु भने रसियाले कुनै हालतमा फिर्ता नगर्ने सुझाव दिएका छन् ।

जवाफमा प्रधानमन्त्री आवेले ४ टापुहरु जापानको आन्तरिक क्षेत्र भएको हुनाले सरकारले त्यो विषयमा शान्तिपूर्ण तरिकाले हल खोजेर अघि बढ्ने बताएका छन् ।
शान्ति सन्धिमा दुवै देशहरुको सहमति र हस्ताक्षर जरुरि रहेको कुरामा रसियाका राष्ट्रपति पुटिन पनि सहमत भएको हुँदा ती विषयहरुमा सहि निर्णय गरिने आवेले बताएका छन् ।
दोस्रो विश्वयुद्दको समयमा रसियाले ४ टापुहरु कब्जा गरेको जापानले आरोप लगाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?