टोक्यो ओलम्पिक खेलकुद – २०२० को लागत खर्च चारगुना बढ्ने

जापान । टोक्यो सरकारको प्यानलले सन् २०२० मा आयोजना हुने  ओलम्पिक र प्याराओलम्पिक अनुमानित रकम भन्दा चारगुना अर्थात तीन त्रिलियन येन अथवा ३० विलियन डलर लाग्ने जनाएको छ ।

विहिवार जारि गरिएको रिपोर्टमा सरकारी प्यानलले ओलम्पिकका लागि अहिलेको योजना अनुसार पुग्ने रकम र टोक्यो बाहिरको बसोबासको क्षेत्रको बारेमा उल्लेख गरेको थियो ।

ओलम्पिक खेलकुदका लागि आवश्यक रकमको बारेमा प्यानलले यही महिनामा फेरी समिक्षा गर्ने टोक्यो कि गभर्नर युरिको कोईके बताएकी छिन् ।

अहिले ओलम्पिक खेलको आयोजनाको लागि टोक्योले सुरुमा ७ विलियन डलर छुट्टाएको छ । तर ओलम्पिक खेलकुदका लागि भैरहेको निर्माण, सुरक्षा र अन्य संचालन खर्च हेर्दा अब अनुमानित खर्च ३० विलियन डलर लाग्ने प्यानलले जनाएको छ ।

गभर्नर कोईकेले प्यानललले प्रस्ताव गरेको प्रोपोजल महत्वपूर्ण र ओजपूर्ण रहेको भन्दै टोक्यो सरकारले त्यो प्रस्तावलाई उच्च महत्व दिंदै समस्याहरुको समाधानको लागि अघि बढ्ने जनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?