जापानमा नेवा:भ्वय डान्स पार्टी हुने 

 

टोकियो । टोकियोको आकाशाका मण्डलाको डीजे हलमा अक्टोवर २ तारिख आईतवार “नेवा:भ्वय डान्स पार्टी ” हुने भएको छ । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले आइतवार बेलुकी ५ बजे देखि १० बजेसम्म जापानमा नै पहिलो पटक आयोजना गर्न लागेको हो ।

विशेष गरि नेपाली युवा पुस्ताहरुको इच्छा र आकांक्षालाई मध्य नजर गर्दै जापानको व्यस्तता पूर्ण जीवनयापनमा एक आपसमा सम्पर्क बिस्तार गर्नका निम्ति अर्गनाईजेशनले पहिलो पटक नेवा:भ्वयसंगै डान्स पार्टीको आयोजना गर्न लागेको हो ।

नेपाली डिजे-सुसानको डिजेइंग तालमा नाच्दै, नेवा:भ्वय परिकारको साथमा साथि भाईसंग रम्दै अक्टोवर २ को दिन सबैजना नेपाली जन समुदायहरुलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुनको निम्ति अनुरोध गरिएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरु सकुल प्रजापति ,अनिल कुमार शाक्य ,रिया जोशी तथा एलिशा ताम्राकारले आफ्नो कला प्रस्तुत गर्ने जनाईएको छ ।

कार्यक्रम हुने स्थान,  मिति र समय

स्थान :आकाशाका मण्डला डी जे हल

Leo Akasaka Bldg.B1F,6-2-14 Akasaka , Minato-Ku,Tokyo,

Chiyoda Line Akasaka Station 5b exit 1min.

टेलिफोन नम्बर : ०३-५५४९-४३४४ (बुकिङ्ग अनिवार्य )

समय : बेलुकी १७:०० – २२:००

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?