जापानले परमाणु हतियार उन्मुलनको प्रस्ताव राख्ने

जापान ।जापानले लगातार २३ वर्ष देखि संयुक्त राष्ट्र संघको निशस्त्रीकरण समितिमा परमाणु हतियारको पूर्ण उन्मुलनको माग गर्दै मस्यौदा प्रस्ताव राख्ने भएको छ ।

संयुक्त राष्ट्रमा जापानका उप-प्रतिनिधि योशिफ़ुमि ओकामुराले सोमवार सो कुरा बताएका हुन् ।

२६ सेप्टेम्बर अन्तराष्ट्रिय परमाणु हतियार पूर्ण उन्मुलन दिवस थियो । सोमवार न्यु योर्क स्थित संयुक्त राष्ट्र मुख्यालयमा ४० वटा भन्दा अधिक देशहरुका प्रतिनिधिहरुले त्यो बैठकमा भाग लिएका थिए ।
ओकामुराले जापानले यो वर्ष पछि महासभाको निशस्त्रीकरण समिति अगाडी परमाणु हतियारको उन्मुलनको प्रस्तावको मस्यौदा राख्ने बताएका छन् ।

विश्व समुदायले परमाणु हतियारको शिकार भएको जापानले शान्तिको लागि कसरि आफ्नो लक्ष्यमा अगाडी बढिरहेको तथ्यलाई जापानले देखाउन चाहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?