गुडिरहेको रेलमा हामफाल्दा जापानमा एक किशोरको मृत्यु

जापान । जापानको हिडाकामा गुडिरहेको रेलमा हामफाल्दा १७ वर्षिय किशोरको ज्यान गएको छ । प्रहरीले बताए अनुसार त्यो दुर्घटना मुसाशीयोकोटे रेल स्टेशनमा दिउँसो २:३० बजे भएको हो ।

रेलका चालकले प्रहरीलाई दिएको बयान अनुसार ती किशोरले रेलको लिकमा हामफालेका हुन् । अकस्मात किशोरले रेलको लिकमा हाम फालेपछि पनि चालकले अकस्मात गुडिरहेको रेल रोक्न खोजेको तर त्यो सम्भव नभएको चालकले बताएका छन् ।

दुर्घटना पछि घाईते भएका ती किशोरलाई अस्पताल लगेको एक घण्टा पछि मृत्यु भएको घोषणा गरिएको थियो ।किशोरले आत्महत्या गर्न खोजेको पनि हुन सक्ने भन्दै प्रहरीले त्यो विषयमा थप अनुसन्धान भैरहेको बताएको छ ।

सो दुर्घटनामा रेलमा सवार अन्य यात्रीहरुलाई भने केहि पनि नभएको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?