जापानमा हुने डल्फिन हत्याको विरुद्द उभिए बेलायति गीटारिस्ट

जापान । जापानमा हुने गरेको डल्फिन हत्याको विरोधमा ब्रिटिसका रक गीतारिस्ट ब्रायन मे उभिएका छन् । अहिलेको शताव्दीमा पनि जनावरहरुको सामुहिक बध गरिनु गलत भएको भन्दै उनी विरोधमा उत्रिएका हुन् ।

ब्रायन ब्रिटिस रक ग्रुप क्विनका प्रख्यात गीतारिस्ट हुन् । टोकियोमा आयोजना हुने कन्सर्ट कार्यक्रमको लागि जापान पुगेका ब्रायनले शुक्रबार पत्रकार सम्मेलनमा पृथ्वीमा रहेका हरेक जीवजन्तुहरुलाई आफ्नो तरिकाले बाँच्न पाउने अधिकार भएको र उनीहरुलाई स्वतन्त्र तरिकाले जीवन जिउन दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

ब्रायनले टोकियोको बुडोकान अरेनामा कन्सर्ट दिँदैछन् । “यो कुनै देशको मात्र विषय नभएको तर यो मानवियताको हो जसले अहिले सम्म जनावरहरुको भावना बुझ्न सकिरहेको छैन । “, ब्रायनले बताए ।
डल्फिनको हत्याको विरोधमा जापानको सानो सहर ताईजीमा गरिएको विरोध प्रदशन र डल्फिनको हत्याको विषयमा सवाल उठाईएको ओस्कार द्वारा मनोनित डकुमेन्ट्री फिल्म ‘ द कोभ ‘ हेरेपछि संसार भरिका मिडियाकर्मी र सरोकारवालाहरुमा जापानमा हुने डल्फिन हत्याको बारेमा यथेष्ट जानकारी प्राप्त भएको थियो ।

डकुमेन्ट्री फिल्म ‘ द कोभ ‘

https://www.youtube.com/watch?v=H52Y4r-SAkw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?