जापान। जापानी प्रधानमन्त्री सिन्जु आवे र क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रो विच हवानामा भेटवार्ता भएको छ।आवे र क्यास्ट्रो विच ४० मिनेट कुराकानी भएको जनाईएको छ ।

आवे बुधवार नै हवाना पुगेका थिए। भेटवार्तामा गरिएका प्रमुख विषयहरु बाहिर सार्वजनिक गरिएको छैन । जापानी कम्पनिहरुलाई लगानी मैत्री बनाउदै क्युवामा स्थापित गर्ने विषयमा आवेले क्यास्ट्रो समक्ष कुरा राखेको बताईएको छ ।
त्यस्तै उत्तर कोरियाले पछिल्लो समय गरिरहेको परमाणु हतियार परिक्षणको विषयमा क्युवालाई विरोध गर्न आवेले अनुरोध गरेका छ्न। उत्तर कोरियाको त्यो कदमको विरुद्धमा जापानलाई सहयोग गर्न क्यास्ट्रो समक्ष आवेले अनुरोध गरेका हुन।
उत्तर कोरिया र क्युवा विच कम्युनिस्ट देश भएकाले पनि सुमधुर कुटनैतिक सम्बन्ध रहेको मानिन्छ । क्यारेवियन देशमा भ्रमण गर्ने आवे पहिलो जापानी प्रधानमन्त्री हुन ।