माओवादी नेताद्वय प्रकाण्ड र कञ्चन जापान आईपुगे, शनिवार अधिवेशन हुँदै

टोकियो । विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशनका लागि नेताहरु जापान आईपुगेका छन् ।

अधिवेशनका लागि नेकपा (माओवादी) का स्थायी समिति सदस्य तथा प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला ‘कञ्चन’ शुक्रवार विहान ७ बजे हानेदा एअरपोर्टमा समाजका सदस्यहरुले स्वागत गरेका हुन् ।

भोलि हुने अधिवेशनको सम्पूर्ण तयारी सकिएको जानकारी साथै नेपालबाट आमन्त्रित नेताहरु र पत्रकार बीच अन्तरक्रिया कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ जापान शाखाले गरेको छ । सो कार्यक्रम टोकियो रोधी क्लवमा ३ बजेवाट हुने महासंघले जनाएको छ ।

अधिवेशनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सेप्टेम्वर २४ तारिख शनिवार ३ बजेबाट सुरु हुने समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?