टोकियो । नेपाली काँग्रेसको जापान स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति जापानको नेतृत्व विवाद चरमोत्कर्षमा पुगेको छ ।
नयाँ अधिवेशनबाट निर्वाचीत भनिएका डिपी कडेल समुह र नारायण सुवेदी समुहका बीच विवाद उत्कर्षमा पुगेको हो ।
सुवेदी समुहले विज्ञप्ती जारी गर्दै संस्थाको लेटरप्याड दुरुपयोग गरिएको आरोप लगाएको २४ घण्टा नवित्दै कडेलले पनि विज्ञप्ती निकालेर आफु नै जनसम्पर्क समितिको सभापति भएको दाबी गरेका छन् ।
कडेल समुहले विज्ञप्ती निकालेर आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति निर्वचित भएकाले पुरानो कार्यसमिति निवर्तमानमा परिणत भएको र उस्ले जनसम्पर्क समितिको नामबाट कुनै पनि गतिविधि गर्न नपाउने भन्दै सचेत गराएको छ ।
यता सुवेदीले भने नयाँ नेतृत्वका लागि भएको निर्वाचन पार्टी विधान विपरित भएकाले रद्द भएको र आफ्नो नेतृत्वको कार्यसमितिले एक वर्ष भित्र अर्को अधिवेशन गराउनेगरि काम गरिरहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
कडेलले पुरानो कार्यसमितिका सभापतिले आफुलाई आधिकारीक भन्दै विभिन्न संस्थाहरुमा पत्र पठाएर निमन्त्रणा गर्न अनुरोध गरेको भन्दै आपत्ती जनाउको छ ।
विज्ञप्तीमा आधिकारीकता विवाद देखिएसँगै जनसम्पर्क समिति जापानको दुईवटा कार्यसमिति देखिएको छ । पार्टी केन्द्रले दुवै पक्षलाई मिलाउने प्रयास गरिरहे पनि विवाद भने चरमोत्कर्षमा पुगेको छ ।
हेरौं दुई पक्षले निकालेको विज्ञप्ती


