जापान क्लबले जित्यो तीस लाख यानको उपाधि

जापान । गत साता दक्षिण कोरियामा सम्पन्न दुई खेलमध्ये एकमा प्रतिस्पर्धीलाई हराएर जापानवासी नेपालीले दक्षिण कोरियामा नेपालीको सबैभन्दा ठूलो धनराशि भएको भनिएको ३० लाख यानको उपाधि हात पार्न सफल भएका छन् ।

दक्षिण कोरियामा सञ्चालित खेलमा जापानवासी नेपाली युवाले स्थापना गरेको नेपाल जापान फुटवल क्लबका खेलाडीले बुसान कप फुटबल प्रतियोगिताअन्तर्गत कोरियाको स्थानीय मेची–महाकाली समूहलाई हराएर उपाधि हात पार्न सफल भएका हुन् ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने रितन श्रेष्ठ बेस्ट प्लेयर घोषित भए । गोलरक्षक रञ्जित गुरुङ अब्बल देखिए । जापानबाट १८ खेलाडीको नेतृत्व गर्दै क्लबका अमृत गुरुङ गत मङ्गलबार कोरिया पुगेका थिए । नेपाल जापान फुटबल क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको यी दुवै खेललाई यो वर्ष पनि निरन्तरता दिँदै सहभागिता जनाएको जापानी टोली पहिलो खेलअन्तर्गत दोगुन्सान कप फुटबल प्रतियोगितामा भिडेको थियो ।

कोरियाको स्थानीय ओसिकोदो फरेनर माइग्रेन्ट सेन्टर नेपाली समाज गुन्सानले आयोजना गर्ने प्रतियोगितामा सहभागिताका लागि जापानभर विभिन्न चरणमा छनोट भएर गएका थिए । जापान फुटबल क्लबले मेचीमहाकाली समूहलाई २–० गोलले हराएको थियो । उपविजेता मेचीमहाकाली समूहले १५ लाख कोरियन वन हात पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?