आईसिएओको अभियानलाई जापानले सघाउने

 

जापान । जापानको यातायात मन्त्री केईची इशाईले हवाई उडानका कारण वातावरणमा असर पुग्ने गरि हुने कार्वनडाईअक्साईड उत्पादनलाई रोक्ने अभियानमा सहभागी हुने बताएका छन् ।

सरकारको क्याविनेट बैठक पछि आयोजित पत्रकार सम्मेलनमा इशाईले सो धारणा व्यक्त गरेका हुन् । विकासोन्मुख देशहरुमा रहेका उद्योग कलकारखानाहरु बाट निक्लिने कार्वनडाईअक्साईडका कारण मौषम परिवर्तनमा असर पर्ने भएका कारण जापान त्यो विषयमा गम्भीर रहेको मन्त्रीले बताएका छन् ।

अन्तराष्ट्रिय हवाईउडानका कारण पनि कार्वनडाईअक्साईडका उत्पादन भैरहेको हुँदा आईसिएओले (The International Civil Aviation Organization ) त्यसलाई रोक्न अन्तराष्ट्रिय स्तरमा आह्वान गरेको हो ।

विश्वका अमेरिका र चीन लगायत ५० अन्य देशहरुले यो अभियानमा सघाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?