जापानमा ४० प्रतिशत युवाहरु भर्जिन रहेको खुलासा

जापान । जापान सरकारले गरेको सर्वेक्षणमा ४० प्रतिशत अविवाहित जापानी युवाहरु कुमार/कुमारी नै रहेको देखिएको छ । कुल पुरुषको संख्या मध्य ७५ प्रतिशत पुरुषहरु अहिले सम्म कुनै पनि शारीरिक सम्बन्धमा आबद्द नभएको देखिएको छ ।

जापानमा वृद्दहरुको संख्यामा उल्लेख्य वृद्दी र जन्मदर कम भएपछि नीति निर्माताहरुले सो सर्वेक्षण गरेका हुन् । राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान, जापानले गरेको सर्वेक्षणमा ४२ प्रतिशत पुरुष र ४४ प्रतिशत महिलाहरुले अहिले सम्म शारीरिक सम्बन्धमा संलग्न नभएको देखिएको हो ।
अहिले प्राप्त आंकडा २०१५ मा लिईएको आंकडा भन्दा बढ्दो देखिएको अनुसन्धान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?