जापानमा नेपाली विधार्थी मृत अवस्थामा फेला, प्रहरीको अनुसन्धान जारी

टोकियो । जापानमा अध्ययनको लागि आएका नेपालका रोल्पा निवासी शिवराज रोका मगरको निधन भएको छ । राति एक्लै सुतेका रोका विहान उठ्दा अचेत अवस्थामा फेला परेका थिए ।

रातको काम सकेर विहान आउँदा शिवराजको कोठाको ढोका नखुलेपछि साथीहरुले घरवेटीसंग चावी मागेर बन्द ढोका खोलिएको जनाईएको छ ।

शिवराज डेढवर्ष अघि अध्ययनको लागि जापान आएका हुन् । अर्धचेत अवस्थामा फेला परेका रोकालाई साथीहरुले  इतावासीस्थित एक अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

रोकालाई चिकित्सकहरुले अस्पतालमा मृत घोषणा गरेका थिए । मृत्यु भएका मगरको नेपालमा रहेका घर परिवार लगायतको वारेमा विस्तृत जानकारी आइसकेको छैन । मगरको शव अहिले जापानी प्रहरीले राखेको जनाईएको छ ।

अहिले मृतक रोकाको कोठाको खानतलासी तथा कोठामा बस्ने साथिहरुसँग सोधपुछ, अनुसन्धान र शवको पोष्ट मार्टम गर्ने काम जापानी प्रहरीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?