
जापान । नाङ्साल क्लब नेपालले जापानमा मृत्यु भएका रमेश तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाल तामाङ घेदुङको सभाहलमा सम्पन्न साहित्यिक कार्यक्रमका प्रमुख अतिथि जापानको लागि पूर्वराजदूत डा. गणेश योञ्जनले स्वर्गीय तामाङको आमा देवीमाया पाख्रीनलाई रु. पाँच लाख एकसाठ्ठी हजार उनन्नब्बे रुपैयाँ (रु.५,६१,०८९) हस्तान्तरण गरेका हुन् ।
हाइजीमा युथ क्लबका अध्यक्ष तथा तामाङ युथ सोसाइटी अफ जापानको सदस्य अखिल तामाङले ‘ तामाङ युथ सोसाइटी अफ जापान ’ द्धारा संकलित तथा जापानमा रहेको विभिन्न संघ संस्थाले गरेको सहयोग रकम प्रदान गरेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. गणेश योञ्जनले सहयोग जम्मा भएको रकम युवाहरुको प्रोत्साहन गर्ने उद्देश्यले केही शिक्षामुलक कोष आदि स्थापना गरी उहाँको नाम जिवितै राख्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा स्वर्गीय तामाङको आमा देवीमाया पाख्रीनले आर्थिक सहयोगका लागि जापान निवासी सबै नेपालीहरुलाई धन्यवाद दिएकी थिईन । रमेश तामाङ अध्ययनको शिलशिलामा जापानमा केही महिना अघि मृत्यु भएको थियो ।
