जापानमा घुम्न जाने पर्यटकका लागि फ्रि वाईफाई सेवा

जापान । जापानमा रहेका वाईफाई स्टेशनहरुले भ्रमणमा आउने पर्यटकहरुलाई सजिलो गरि वाईफाई चलाउने सुविधा दिने भएका छन् ।
अहिले पनि जापानका विभिन्न स्थानहरुमा वाईफाई सेवा निशुल्क उपलब्ध छन् ।
प्रायजशो ट्रेन स्टेशन, होटल, सार्वजनिक स्थानहरु र पसलहरुमा निशुल्क वाईफाई सेवा जापानमा उपलब्ध गरिएका छन् ।. त्यसको लागि पर्यटकहरुले हरेक पटक मोवाईल डेटा एकाउन्टमा प्रवेश गरेर विभिन्न वाईफाई पाउने स्थानहरुमा गएर सुविधा लिनुपर्ने भएको हुँदा विभिन्न कम्पनिहरुले त्यस समस्याको समाधानको लागि संगै काम गरिरहेका छन् ।
कम्पनिहरु सफ्टव्यांक र केडीडीआई लगायतले वाईफाईको सुविधा लिन आफ्नो आईडी नराखी फ्री वाईफाई प्रदान गरिरहेको पार्टनरको बाट सजिलै प्रयोग गर्न मिल्ने विधि अपनाउन थालेका छन् । फ्री वाईफाई सुविधा प्रदान गर्नको लागि धेरै कम्पनीहरु एकैपटक लागेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?