जापान । जापानी सम्राट अकिहितोको राजिनामा दिने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री सिन्जु आवेले विशिष्ट अधिकारीहरुसंग अर्को महिनामा विशेष बैठक बोलाउने भएका छन् ।

पछिल्लो महिना सम्राट अकिहितोले आफ्नो शारीरिक अवस्थाका कारण जिम्मेवारी बहन गर्न नसक्ने भन्दै राजिनामा दिने इच्छा व्यक्त गरेका थिए ।
पत्रकारहरु संग कुरा गर्दै आवेले सम्राटको ईच्छाको बारेमा सरकारले विशिष्ट अधिकारिहरु संग छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताएका थिए।
सम्राट अकिहितोको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले तत्काल त्यो बारेमा निर्णय गर्नुपर्ने विशिष्ट अधिकारीहरुले बताएका छन्।
सम्राटको विदाईको लागि विशेष प्रकारको कानुन बारे छलफल गर्नुपर्ने पनि हुनसक्ने अधिकारीहरुले बताएका छन् ।
सम्राटको परिवारको अवस्थाबारे सरकारका विशिष्ट अधिकारीहरुले भूतपूर्व प्रधानमन्त्रीहरु कोईजुमी र योशिहिको नोडासंग पनि छलफल गरेका थिए ।