जनप्रगतिशील मोर्चाको चौथो अधिवेशन टोकियोमा, केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

morchaजापान । टोकियोमा नेपाली जनप्रगतिशील मोर्चा जापानको सेप्टेम्बर १९ तारिखमा एकता अधिबेशन हुने भएको छ । मोर्चा माओबादी केन्द्रको जापानमा रहेको भातृसंगठन हो ।

तत्कालिन एमाओबादी, नेकपा माओबादी (बादल पक्षधर) लगायत बिभिन्न १० माओबादीको एकीकरण पछि देश विदेशमा रहेका माओबादीहरुमा उत्साह थपिएसंगै माओवादीको प्रवासमा रहेका संगठनहरुको  एकता भेला भईरहेका हुन् ।

 अधिबेशनलाई सम्बोधन गर्न नेकपा माओबादी केन्द्रका प्रभावशाली नेताहरु जापान आउने भएका छन् । जसअनुसार केन्द्रिय कार्यालय सदस्य देव गुरुङ, सचिवालय सदस्य लिलामणि पोखरेल र पोलिटब्यूरो सदस्य युवराज चौलागाई जापान आउने मोर्चा स्रोतले जनाएको छ ।

 अधिबेशन सेप्टेम्बर १९ तारिख टोकियोको निशी ओगिकुबो स्थित किनरो फुकुसी खाइकानमा बिहान १० बजे देखि हुने बताईएको छ । अधिवेशनमा नेपालको समसामयिक राजनैतिक बिषयमा जापानमा रहेका नेपालीहरु र  नेताहरु बिच खुल्ला अन्तर्क्रिया हुने भएको छ  ।

उक्त कार्यक्रममा उपस्थित भईदिन मोर्चाले जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा अपिल गरेको छ । यसअघि मोर्चाले टोकियो, नागोया, गुन्मा, तोचिगी लगायतका क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको छ । मोर्चाले जापानमा  संगठन बिस्तार गर्ने कामलाई व्यापक दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?