नेपाली जनप्रगतिशील मोर्चा जापान नागोया क्षेत्रिय समितिको एकता अधिबेशन सम्पन्न, अध्यक्षमा गौतम

जापान । नेकपा माओवादी केन्द्रको जापान स्थित भातृ संगठनको नागोया क्षेत्रीय एकता अधिवेशनले रामकृष्ण गौतमको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

 शनिवार नागोयामा भएको एकता अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । अधिवेशनद्वारा गठित समितिको तिनजना उपाध्यक्षहरुमा केशब भट्टराई, सरिता अधिकारि, भिम बहादुर धर्तिमगर चयन भएका छन्  भने सचिवमा हरिबाबु तामाङ, सह-सचिवमा सागर मोक्तान र कोषाध्यक्षमा पुष्पा भट्टराई चयन भएका हुन्  ।nagoya-sammelan-6

त्यसै सदस्यहरुमा दावा शेर्पा,  मिलन गौतम,  दिनेश तामाङ,  किरण पुन,  श्रीराम पौड्याल,  प्रशान्त शाक्य,  अमर बस्नेत, सूर्यमान गुरुङ, ज्ञानम रुम्बा तामाङ,  कृष्ण गुरुङ,  हर्क बस्नेत, अमर बस्नेत चयन  भएका छन् ।nagoya-sammelan-5

अधिबेशनको प्रमुख अतिथिको रुपमा रहेका जनप्रगतिशील मोर्चा केन्द्रिय अधिवेशन आयोजक समितिका संयोजक तथा पार्टी केन्द्रिय समिति सदस्य हर्क थापाले  मोर्चाले जापानमा रहेका नेपालीहरुको मनमा बस्ने गरि काम गरेर देखाउने बेला आएको बताएका छन् ।

यसैगरि शुभकामना दिदै मोर्चा संगठन विभाग प्रमुख हवल चन्द्र लामाले एकता पछी हामीमा हौशला पैदा भएको र संगठनले नयाँ उचाई लिनेमा विश्वास लिएको बताएका छन्।nagoya-sammelan-3

नेपाली जनप्रगतिशील मोर्चाको केन्द्रिय एकता अधिवेशन यहि आउँदो १९ तारिख टोकियोमा हुने भएको छ । देव गुरुङ, लिलामणि पोखरेल र युवराज चौलागाई लगायतका केन्द्रिय नेताहरुको बिशेष उपस्थितिमा हुने अधिवेशनको तिब्र तैयारी भईरहेको मोर्चा स्रोतले जनाएको छ ।

अधिबेशनमा मोर्चाका अधिवेशन आर्थिक विभाग प्रमुख मोहन पौडेल, निवर्तमान उपाध्यक्ष तथा सचिवालय सदस्य रामहरि पुडाशैनि, भूपू अध्यक्ष मोहन खत्री, सचिवालय सदस्य हिमाल भट्टराई, आलोक श्रेष्ठ,  मोर्चा निवर्तमान के.स. राजन पन्त, सरोज धिताल लगायतको विशेष उपस्थिति रहेको थियो ।nagoya-sammelan-4

जापानमा मोर्चाले रचनात्मक कार्यहरू गर्दै जापान बासिको मन जित्नु पर्ने र संगठनलाई गुणात्मक पार्दै लानुपर्ने भन्दै नवनिर्वाचित अध्यक्ष क. रामहरि गौतम  प्रतिबद्धता व्यक्त गरेका छन् ।

अधिवेशन समारोहमा सरिता अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने हरिबावु तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । नागोयाको खाचिगावको सभा हलमा सम्पन्न मोर्चाको नागोया क्षेत्रीय अधिवेसनमा मेकेन गिफु, आईचिकेन लगायतका टाढा-टाढाका सहरबाट उत्साहजनक सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?